एन्फाले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ श्रावण ९, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाडौ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ । एन्फाका प्रवक्ता किरण राईका अनुसार सङ्घसँग आवद्ध सात सय ४५ जना खेलाडीले यस्तो सुविधा पाउने भएका छन् । एन्फाको बिमा सुविधा राष्ट्रिय फुटबल खेलाडी र ‘ए’ डिभिजनका खेलाडीले पाउनेछन् ।

राष्ट्रिय फुटबल खेलाडी ७० जना र ‘ए’ डिभिजन लिगका ६ सय ७५ जना गरी ७४५ खेलाडीले बिमा सुबिधा पाउनेछन् । एन्फाले बिमा कम्पनीलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस